काठमाडौं । नेपाली बजारमा आज (विहीबार) सुनको मूल्यमा स्थिरता छाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ ।
त्यसैगरि चाँदीको मूल्य आज प्रतितोला ५ रुपियाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comment