आरएमडिसी लघुवित्तको ८१ हजार कित्ता शेयर लिलामीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आरएमडिसी लघुवित्तको ८१ हजार २९४ कित्ता संस्थापक शेयर लिलामीमा आउने भएको छ।

ग्रामिण विकास बैंकले आफुनो स्वामित्वमा रहेको शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

कपनीले लिलामीमा उक्त शेयरमा संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ती तथा संगठित संस्थाले खरिदका लागि आवेदन गर्न पाउने कम्पनीले जनाएको छ।

लिलामी शेयरमा असार १८ गतेदेखि २४ गतेसम्म विक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ। सो शेयरमा न्युनतम एक हजार कित्तादेखि सबै कित्ताका लागि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

बोलपत्र असार २४ गते बुधबार प्रभु क्यापिटलमा ४ बजे खोलिने जनाईएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।