विद्युतीय कारोबार बढ्यो, लकडाउनयता ४२ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ।

लकडाउनको समयमा विद्युतीय भुक्तानी प्रणालीमार्फत ४२ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँको ३१ लाख रुपैयाँको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत ११ गतेदेखि वैशाख र जेठ महिनामा भएको ३ करोड ७८ लाख १२ हजार ९ सय ९५ कारोबारबाट सो रकमको कारोबार भएको हो । 

एटीएम, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पिओएस, क्युआर कोड र वालेट विद्युतीय उपकरणबाट चैत ११ देखि बाँकी महिनामा १२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको हो । सो अवधिमा १ करोड ४ लाख तीन हजारभन्दा बढी विद्युतीय कारोबार भएको छ ।

वैशाखमा १५ खर्ब २ अर्ब ३८ करोड र जेठमा १४ खर्ब ९३ अर्ब ८६ करोडको विद्युतीय भुक्तानी प्रणालीमार्फत बैकिङ कारोबार भएको छ । वैशाखमा १ करोड ६२ लाख २७ हजार ७ सय ३० र जेठमा १ करोड ११ लाख ८२ हअजार १ सय ७४ वटा विद्युतीय भुक्तानीको कारोबार भएको छ ।   

लकडाउनको सो अवधिमध्य आरटीजीएस प्रणालीमार्फत जेठमा ११ खर्ब ७७ अर्ब ६० करोड रुपैयाँ भुक्तानी भएको छ भने वैशाखमा १० खर्ब ६८ अर्ब ९१ करोड र चैतमा ७ खर्ब ७२ अर्ब ५८ करोड भुक्तान भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । इसीसी प्रणालीमार्फत चैतमा ३ खर्ब ४५ अर्ब ३७ करोड, वैशाखमा २ खर्ब ६० अर्ब २५ करोड र जेठमा १ खर्ब ९१ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।  

विद्युतीय कारोबारमा एटीएम र मोबाइल बैकिङ कारोबार बढी भएपनि रकमका हिसावले आरटीजीएस र इसीसीको कारोबार रकम बढी देखिएको छ । चैतमा  विभिन्न बैंक तथा वित्तीय संस्थाको एटीएमबाट ९ अर्ब ४ करोड ६१ लाख रुपैयाँ निकालिएको छ भने वैशाखमा २३ अर्ब १५ करोड ७३ लाख रुपैयाँ र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ निकालिएको छ । मोबाइल बैंकिङबाट चैतमा ५ अर्ब ३९ करोड, वैशाखमा ९ अर्ब ६९ करोड र जेठमा १२ अर्ब २७ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । 

लकडाउनका कारण  बैंक तथा वित्तीय संस्थाले आंशिक रुपमा सेवा प्रवाह गरेर विद्युतीय कारोबारलाई निःशुल्क गरेपछि विद्युतीय कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकले लकडाउन शुरु हुनुअघि नै विद्युतीय कारोबार गर्न÷ गराउन प्रोत्साहन गर्नुका साथै कारोबारको सीमा बढाएको र बैंक तथा वित्तीय संस्थाले पनि कोभिडका कारण डिजिटल कारोबारलाई निःशुल्क व्यवस्था गरेका कारण यस्तो कारोबार बढेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।