काठमाडौं । भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिककाे ज्यान गएकाे छ ।
भारतीय र चिनियाँ सेनाबीच गालवन क्षेत्रमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भएको झडपमा परेर ज्यान जाने भारतीय सैनिककाे संख्या पुगेकाे हाे ।
भारतीय न्युज एजेन्सी एएनआई लगायतले यसकाे पुष्टि गरेका छन् । यसअघि भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको ज्यान गएकाे त्यहाँकाे सैनिकले जनाएकाे थियाे । साेमबार राति भएकाे साे भीडन्तबारे मंगलबार दिउँसाे जानकारी दिइएकाे थियाे ।
भारतीय पक्षका अनुसार चिनतर्फ पनि मानवीय क्षति भएकाे छ । तर चीनले यसबारे कुनै जानकारी दिएकाे छैन् । मंगलबार दिउँसाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले भीडन्तको जानकारी नभएको बताउँनु भएकाे थियाे ।
भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । केही दिन यता लद्दाखको गलवान भ्यालीमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको दाबी छ ।
Comment