एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओ निश्कासन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एनआईसी एशिया लघुवित्तले आगामी असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको छ। 

लघुवित्तले निष्कासन गर्न लागेको आईपिओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । छिटोमा असार १४ गतेसम्म र सो अवधिमा पुरै आवेदन नपरेको खण्डमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमाम सानिमा क्यापिटल रहेको छ ।

चुक्ता पूँजी १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको आर्एपिओ पश्चात चुक्ता पूँजी एक अर्ब ४८ करोड नाघ्नेछ।एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।