उकालो लाग्दै सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं। नेपाली बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागेको छ ।

सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० र तेजाबी सुनको मूल्य ८९ हजार २६५ तथा चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ निर्धारण गरेको छ।

आइतबार संघले आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० र तेजाबी सुनको मूल्य ८९ हजार १६५ तथा चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ तोकेको थियो। आइतबार सुनचाँदीको भाउ स्थिर रहेको थियो।

लकडाउन पश्चात जेठ २५ गतेदेखि नियमित रुपमा सुनचाँदीको भाउ निर्धारण हुन थालेको हो।

विश्वमा कोरोना भाइरस महामारी फैलिएपछि लगानीकर्ताहरुको आकर्षण सुनमा जाँदा पहेँलो धातुको मूल्य बढिरहेको छ। अर्कोतर्फ सरकारले आगामी आवको बजेट मार्फत भन्सारदर वृद्धि गर्दा समेत नेपाली बजारमा सुनको मूल्य थप बढ्न पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।