आजदेखि दुईपांग्रे सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि चारपांग्रे निजी सवारी साधन सहित मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले ट्राफिक प्रहरीहरूलाई मोटरसाइकल र स्कुटरलाई पनि जोरबिजोर प्रणाली लागू गराउन स्पष्‍ट निर्देशन दिइसकिएको बताएका छन ।

गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा ३० जेठदेखि जोरविजोर प्रणाली लागू गरेको थियो। यो नियम चारपांग्रे सवारीमा लागू भएको थियो। दुईपांग्रेका लागि अन्योल थियो।मोटरसाइकलमा एक जना मात्र बस्‍न दिइनेछ। चारपांग्रेको हकमा भने चालकसहित ३ जना बस्‍न पाइनेछ। उक्त निर्णयको चौतर्फी विरोध भइरहे पनि ट्राफिक प्रहरीले यसबारे कुनै अर्को निर्देशन नआएकाले एक जना मात्र बस्‍न दिने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।