काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले देशभर गरेको लकडाउनका कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई राष्ट्रिय नागरिक विकास समाज र सामाजिक अभियान्त ओम श्रेष्ठको पहलमा राहत वितरण गरिएको छ ।
तारकेश्वर नगरपालिको लोकतान्त्रिक चोक मनमैजु, साङ्ला, फुटुङ, मनमैजु, टोखा नगरपालिकाका विभिन्न वडामा बस्ने १ सय को हाराहारीमा दैनिक ज्यालादारी गरेर जिविका चलाउने श्रमिक मजदुरलाई राहत वितरण गरिएको नागरिक बिकास समाजका केन्द्रीय अध्यक्ष महेशजंग कुँवरले बताए ।
जारी लकडाउनका कारण काम तथा मजदुरी गर्न नपाएर पैसाको समस्याले छटपटिरहेका परिवारहरुलाई चामल, दाल, आलु, नुन, तेल, गेडागुडी लगायत वितरण गरिएको थियो ।
लकडाउनका कारण बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको सामाजिक अभियान्त ओम श्रेष्ठले बताए ।
कार्यक्रममा लाइन्स क्लब अफ साझा फुलबारी, लाइन्स क्लब सगुनकी च्याप्टर अध्यक्ष सुधा थापा, लाइन्स क्लब रोज, संयुक्त अपांग एकता आवाज केन्द्र गोकर्णको सहभागिता रहेको थियो ।
त्यस्तै छोरीका लागि छोरी अभियान, उज्यालो नेपाल, गौरीघाट,, सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ, सामाजिक अभियन्ता ओम श्रेष्ठ, सामाजिक अभियन्ता शोभा थापा, सामाजिक अभियन्ता सुलोचना गौतम, समाजसेवी शान्ति शर्मा, लक्ष्मी सपकोटा,अंशु यादब सञ्चारकर्मी कविता खाती (कबु) लगायतको सहभागिता रहेको थियो ।
नेपाल सरकारले राहत वितरणका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले गरिएको यो कार्य अत्यन्तै सराहनिय रहेका स्थानीय हरुका तर्क रहेका छन ।
यस अघि पनि विभिन्न ठाँउमा राहत तथा सडकमा अलपत्र परेका लागि दैनिक खानेकुरा वितरण गर्दै आईरहेको छ ।
Comment