निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने,खर्च सरकारले व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

कसैले आफूखुसी आफूमा कोरोना नरहेको प्रमाणित गर्न चाहेर परीक्षण गर्न खोजेमा भने तोकिएका तीन अस्पताल त्रिवि शिक्षण अस्पतलाल, वीर अस्पताल र पाटन अस्पतालमा परीक्षण गर्न पाउने गरी निर्णय भएको मन्त्रालयले जनाएको छ ।

साथै कोही विदेश यात्रा गर्नुपर्ने भएर परीक्षण गर्न चाहेमा र विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुले पनि सोही तीन अस्पतालमा पीसीआर परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।