पूर्वनिर्धारित नेकपा सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

एमसीसीबारे छलफल गर्नका लागि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।

पार्टी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई सञ्चो नभएकाले अर्को दिन बसौँला भनेपछि बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गरेका छन् भने दुई पटक स्थायी कमिटी बैठक स्थगित गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।