भारतीय चर्चित अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय चर्चित अभिनेता सुशान्तसिंह राजपुतको ३४ वर्षमा निधन भएको छ । मुम्बईमा रहेको आफ्नै घरमा राजपुतको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

मुम्बई प्रहरीले राजपुतले आत्महत्या गरेको पुष्टि गरेको छ । प्रहरीले आत्महत्याको कारण पत्ता नलागेको र घटनाको जाच गरिरहेको जनाएको छ ।

उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए ।

उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।