नेकपाको सचिवालय बैठक आज ,एमसीसीबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक  अ‌ाज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्यन बस्‍ने  महासचिव  विष्णु पाैडेलले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभाबाट पारित मानचित्रसम्बन्धि विधेयक, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी), काेराेना लगायत विषयमा छलफल हुने बताइएकाे छ । 

नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएकाे थियाे । कार्यदलमा रावल र परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सदस्‍य छन।

यसअघि जेठ २७ गते बोलाइएको बैठक स्थगित भएकाे थियाे । त्‍यसअघि १७ जेठकाे सचिवालय बैठकले एमसीसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने निर्णय गरेकाे थियाे । साे बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडासहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।