पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं पर्वतको कुश्मा नगरपालिका- ३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। शनिवार राति करिब साढे ८ बजे आएको पहिरोमा दुई घर परेको र नौजना बेपत्ता भएका थिए। तीमध्ये तीनजनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो।

आइतबार बिहान थप २ जनाको शव भेटिएको स्थानीयवासीले जनाएका छन् । 

यसअघि पहिरोमा पुरिएर मृत्यु भएका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी विविशाको शव भेटिएको थियो।  बेपत्ता हुनेहरू मृतक कमलाका १६ वर्षीय छोरा जेनिस, छोरी सात वर्षीया प्रमिशा रहेका छन्। यस्तै, मृतक तुलबहादुरको परिवारका १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापा रहेका छन्।

राति उद्धारमा कठिनाइ भएपछि आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरिऐका छ। एक्साभेटर सहायताले उद्धार सुरु गर्ने भनिएकोमा बिहानैदेखि भएको वर्षाका कारण ढिलो गरी उद्धार सुरु भएको हो।

शनिवार साँझ ६ बजेदेखि झन्डै दुई घण्टासम्म परेको भीषण वर्षापछि पहिरो झरेको हो। घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।