नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिका-५ का खरानीटार क्वारेन्टिमा बसेका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी भारतबाट १७ दिन अघि आई क्वारेन्टिनमा बसेका थिए । उनलाई खरानीटारमा रहेको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । ककनी गाउँपालिकाका संक्रमित निको भएर घर फर्किसकेका छन ।

नुवाकोटको विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकार तारकेश्वर गाउँपालिकामा एक/एक र म्यागङ गाउँपालिकाका ३ जना उपचाररत नै रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।