थपिए ४४८ जना कोरोना संक्रमित,संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा ४२४ जना पुरुष र २४ जना महिला रहेका छन् ।  योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ  ।

स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको जनाएका छन् । 

प्रवक्ता गौतमका अनुसार अर्घाखाँचीका ५७ वर्षीय यमप्रसाद खनालको कोरोनाबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ पुगेको हो भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।