सरकारविरुद्ध भक्तपुरमा स्वतस्फूर्तरुपमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । लकडाउनका बीच भक्तपुरमा युवाहरुले सरकारविरोधी प्रदर्शन गरेका छन् । 

सल्लाघारी नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले  सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका हुन  । 

केही दिन यता सामाजिक सञ्जालमार्फत आह्वान भइ स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार आज शुक्रबार भक्तपुरमा पनि प्रदर्शन भएको हो । 

प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् । 

प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् । प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, के पाइस नेपाली केरा ? , एका देशको १० अर्बको कथा कटै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।