राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक सरुवा, कसको जिम्मेवारी कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र बैंकले ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । 

गभर्नर महाप्रसाद अधिकारीले विशिष्ट तहका ती कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै जिम्मेवारी हेरफेर गरेका हुन् । यसरी जिम्मेवारी हेरफेरमा पर्ने कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा छन् ।

आन्तरिक लेखापरीक्षणमा रहेका भूँवन कडेलर्ला भुक्तानी प्रणालीमा सरुवा गरिएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षण विभागमा लगिएको छ । 

यसैगरी, भुक्तानी प्रणालीमा कार्यरत रेवती नेपाललाई सरुवा गरी मुद्रा व्यवस्थापन विभाग लगिएको छ भने वित्त कम्पनी सुपरीवेक्षण विभागका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागको जिम्मा दिइएको छ । 

यस्तै, मुद्रा व्यवस्थापनका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षणमा तानिएको छ । 

राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले गभर्नरले नियमावलीको अधिनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नसक्ने अधिकार दिइएको छ । सोही अधिकारको प्रयोग गरी नयाँ गभर्नरले पहिलोपटक व्यवस्थापकीय तहका ती कर्मचारीहरुको सरुवा गरेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।