छाउनिमा आफैलाई गोली हानी एक सैनिकले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वयम्भुको छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा एक सैनिकले आफैंलाई गोली हानी आत्महत्या गरेका छन ।

आत्महत्या गर्नेमा बैतडीको सुर्मा गाउँपालिका–५ घर भइ हाल दुर्गाबक्स गण नारायणहिटी दरबन्दीमा कार्यरत सैनिक प्यूठ डम्बर बहादुर विष्ट रहेका छन ।

उनले बिहिवार राती ११ बजेर ४५ मिनेटको समयमा ड्युटी बसेको बेला आफ्नो साथमा रहेको एसएलआर चलाएर छातिमा गोली हानेको सैनिक अस्पतालमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

आत्महत्याको कारण खुल्न नसकेको र थप अनुसन्धानको भइरहेहेको अधिकृतले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।