कुवेतबाट १५० नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुवेतबाट नेपालीलाई लिएर जहाज काठमाण्डौ आइपुगेको छ । 

जजिरा एयरवेजको जे–९–१५४१  विमानबाट आएका उनीहरु साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । 

क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा कुवतेमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिला श्रमिकलाई बिहीबार उद्धार गरिएको हो । 

उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

सेनाले होल्डिङ जोनमा लाने  

कुवेतबाट फर्किएका नेपालीलाई अध्यागमन विभाले प्रदेश छुट्याएर चेकजाँच गरेको छ । 

अध्यागमनको व्यक्तिगत विवरण सहितको तथ्यांक लिएर उनीहरुलाई नेपाली सेनाले होल्डिङ जोनमा लैजाने छ । प्रदेश–१ र २ घर भएकालाई भक्तपुर तथा अन्य प्रदेशका लागि चक्रपथ आसपासमा तोकिएको होल्डिङ जोनमा लगिने छ ।  

होल्डिङ जोनमा उनीहरुको स्वास्थ्य जाँच गरिन्छ । नेपाल टेलिकमको सिमकार्ड वितरण र व्यक्तिगत फारम भरेपछि उनीहरुलाई सम्बन्धित प्रदेशमा पठाइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।