सुडान घोटाला प्रकरण: पूर्वआईजीपी रमेशचन्द ठकुरी जेलबाट छुट्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी जेल मुक्त हुँदै छन्। 

अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर उनी बिहीबार रिहा भएका हुन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा जेल सजाय सुनाइएका ठकुरी सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका थिए । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि १ वर्ष जेल सजाय तोकिएका पूर्व प्रहरी महानिरीक्षक २० दिन सजाय छुट पाएर डिल्लीबजारस्थित कारागारबाट मुक्त हुन लागेका हुन्। 

सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए।

सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

ठकुरीबाहेक चारै जना कैद सजाय भुक्तान गरेर छुटिसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।