काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काेराेना महामारीबारे बैठक बस्दैछ ।
मुख्यसचिव कृष्णप्रसाद पाैडेलका अनुसार बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा समसामयिक विषयमा समेत छलफल हुनेछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुनेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन अनुराेध गरिएकाे छ ।
Comment