ट्रिपरको ठक्करबाट प्रहरी हबल्दारको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । हेटौंडामा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  ट्रिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको  निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा ट्रिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।

प्र ०३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौंडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको ट्रिपरले ठक्कर दिएको थियाे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।