काठमाडौैं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २२ जना महिला र २५७ जना पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ भने ६ सय ७४ जना निको भएर र फर्किसकेका छन् ।
Comment