आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले पेस गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेस गरेका थिए। अर्थमन्त्री खतिवडाले बुधबार बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो। 

सरकारले आगामी आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा चालुतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको छ । बजेटमा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७२ अर्ब  ७९ करोड व्यवस्थापन गरिएको छ । बजेटका स्रोतमध्ये राजश्वबाट  रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट  रु ६० अर्ब ५२ करोड सङ्कलन हुने अनुमान गरिएको छ ।

विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका  सदस्यले  २६  खर्च कटौतीसम्बन्धी  राख्नुभएको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत ग¥यो  ।  विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले  जेठ २७ र २८ गते जवाफ दिए ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।