कालिकोट । सीमाबाट उद्धार गरिएका ३९ नेपाली बोकेर क्वारेन्टिनतर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर दुर्घटना भएको छ ।
टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार घटनामा ४ जना गम्भीर घाइते भएका छन्। कर्णाली करिडोरअन्तर्गत लालीघाटको भीरबाट टिपर नदीमा खसेको थियो।
आज बिहान करिब १० बजेर २० मिनेटमा टिपर नदीको खसेको प्रहरीले जनाएको छ।
Comment