विदुतीय गाडीले खपत गरेर बिजुली सदुपयोग हुँदैन् : अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उर्जा विदुतीय गाडीमा मात्र खपत सदुपयोग नहुने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । खतिवडाले विद्युतीय गाडीलेमात्र खपत गरेर बिजुलीको सदुपयोग नहुने भएकाले औद्योगिक प्रयोगमा पनि ध्यान दिनुपर्ने बताए।

उनले विद्युत बढी खपत गर्नको लागि उद्योग बढाउनु पर्ने बताए । ‘हामी सार्वजनिक यातायातलाई प्रबर्द्धन गर्ने नीतिमा छौ। त्यसैले त्यसका लागि आउने गाडीको भन्सार दर कायमै छ। त्यसमा हेरफेर गरिएको छैन।

‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम गाडी भन्दा सस्तो हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ, उनले भने ।

सार्क मुलुकमा सबैभन्दा भन्सार महसुल ४० देखि ५० प्रतिशत रहेको बताउँदै उनले नेपालमा पनि सस्तो हुनु पर्ने बताए । विद्युतीय सवारी साधन सरल रुपले चलाउन पाउनु पर्ने उनको भनाई छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।