कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ११ का ६८ वर्षीया पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारकाक्रममा मंगलबार बिहान मृत्यु भएको हो।

अस्पतालका एक चिकित्सकका अनुसार संक्रमित पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ मात्र उनलाई भरतपुर अस्पतालको आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।