कोदालो प्रहारबाट ५ जनाको सामूहिक हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँच जनाको सामूहिक हत्या गरिएको छ । 

तिलोत्तमा नगरपालिका–१० स्थित स्थानीय कृष्ण पुनको गंगादेवी फार्म हाउसमा कार्यरत पाँच मजदूरको सामूहिक हत्या भएको प्रहरीले जानकारी दिएको छ  ।

कोदालो प्रहार गरेर तिलोत्तमाको गंगादेवी फार्म हाउसमा कार्यरत ४ पुरुष र एक महिलाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत घर भएका ३१ वर्षीय झकेन्द्र सिंजाली रहेका छन् । 

लागूपदार्थ सेवन गरेर सुतेको ठाउँमा झकेन्द्रले अन्धाधुन्ध कोदालो प्रहार गरेर हत्या गरेका बताइएको छ । 

फार्म हाउसमा कार्यरत महिलामाथि उनले बलात्कार प्रयास गरेको र असफल भएपछि हत्या गरेको हुनसक्ने बताइएको छ । 

हत्या हुनेमा रुपन्देहीको मुर्गिया बस्ने ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पकराज मुसहर, १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन । 

पकराज मुसहर तिलोत्तमा–९ का बासिन्दा हुन् । आशिष र करण पनि तिलोत्तमाकै स्थानीय रहेका बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।