काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने ४ सय ८८ जना निको भएर फर्किसकेका छन् ।
Comment