काठमाडौं। सोमबारबाट मेगा बैंकका सम्पूर्ण शाखाहरु खुला हुने भएका छन् । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म शाखा संचालन गर्ने जनाएको हो ।
बैंकले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै मेगा बैंक लिमिटेडले आवश्यक स्वास्थ्य सुरक्षा अपनाई ३ घण्टाको लागि शाखा खोल्ने जनाएको छ ।
यदि कुनै स्थानीय तहले बैंकलाई शाखा खोल्नको लागि समय तोकिदिएको भए स्थानीय तहले तोके अनुसार हुने बैंकले जनाएको छ ।
Comment