काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपियाँले बढेर ८७ हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम गरिएको थियो।
महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो। उक्त दिन छापावाल सुन १० हजार चार सय रुपैयाँ बढेको थियो।
Comment