कोरोना रोकथाम तथा उपचार कोषमा हालसम्म दुई अर्ब ३१ करोड जम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा रकम हालसम्म दुई अर्ब ३१ करोड रुपैयाँ जुटेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबारसम्म दुई अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ जम्मा भएको हो । सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १८ लाख ३९ हजार २६ रुपैयाँ जम्मा भएको छ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं। १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म निजि क्षेत्र तथा विभिन्न व्यक्ति, संघसंस्थाहरुले सहायता रकम जम्मा गरिरहेका छन् ।

सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई समेत सहयोगको लागी आह्रान गरेको थियो । कोरोना नियन्त्रणका लागि हालसम्म संघीय सरकारले ६ अर्ब ३ करोड, प्रदेशसरकारहरूले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।