तोलामा १० हजारले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनपछि पहिलोपटक आइतबार सुनचाँदीको मूल्य तोकिएको छ । 

कोरोनाको संक्रमण फैलिएसँगै गत चैत ११ गतेदेखि बन्द रहेको सुनचाँदीको कारोबार आजदेखि शुरु भएको हो । महासंघले छापावाल सुनको मूल्य आज प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेको छ। यो मूल्य पछिल्लो पटक गत चैत १० गतेको भन्दा तोलामा १० हजार ४०० रुपैयाँ बढी हो। पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ तोकिएको थियो। त्यसयता नयाँ मूल्य तोकिएको थिएन र कारोबार पनि भएको थिएन। त्यस्तै, चाँदीको मूल्य ९२५ रुपैयाँ प्रतितोला तोकिएको छ।

गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदी व्यवसाय बन्द भएकाले भाउ तोकिएको थिएन। पसल बन्द भएसँगै महासंघले लकडाउन अवधिभर सुनचाँदीको नयाँ मूल्य नतोक्ने जनाएको थियो। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै क्रमशः खोल्ने तयारी गरेपछि सुनचाँदीको मूल्य आजबाट नियमित तोकिने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।