देशभर ३३ जना प्रहरीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३३ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुमा २ जना, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै सर्लाहीमा १ जना, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित ३३ मध्ये १४ जना भने संक्रमणमुक्त भइसकेका छन्। अन्यको भने विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

प्रधान कार्यालयले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको जनाएको छ। देशभरका सबै युनिटमा क्वारेन्टिनमा निर्माण गरिएको छ।

यसअघि नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव १ दर्जन अधिकृत तथा जवानमा पनि संक्रमण देखिएकोमा उनीहरु उपचारपछि निको भएर होम क्वारेन्टाइनमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।