कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको छ। 

जेठ  २१  गते मृत्यु भएका डोल्पाका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो।

मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा शनिबार  विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

ती व्यक्ति दमका दीर्घरोगी,लामो समयदेखि दमको रोगले पीडित थिए । उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ। यसअघि जेठ २० गते पाल्पाको मिसन अस्पतालमा पूर्वखोला गाउँपालिका घर भई भारतबाट आएका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। उनको ज्यान गएपछि मात्रै कोरोना संक्रमित रहेको पुष्टि भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।