काठमाडौं । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले ७३ जना प्रहरी नायव निरीक्षक(सई)लाई प्रहरी निरिक्षक (इन्सपेक्टर) मा बढुवा गरेको छ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको शुक्रवार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई जेठ २३ गतेदेखि लागू हुने गरी बढुवाका लागि सिफारिस गरेको हो।
तोकिएको मापदण्डका आधारमा उनीहरूलाई सिफारिस गरिएको समितले जनाएको छ। समितिले सर्वाधिक अंक प्राप्त गर्ने उम्मेदवारका आधारमा प्राप्तांकसहित बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा हुनका लागि सिफारिस भएकामध्ये गणेशराज उप्रेती ९४.८७ अंक ल्याएर पहिलो नम्बरमा छन् भने गोविन्द लाल कर्णले ९४.८० अंक ल्याएर उनलाई पछ्याएका छन्।
हेर्नुहोस् सूचीसहित




 
		    		 About Us
                        About Us
Comment