लकडाउनका पीडितलाई हरिप्रिया फाउण्डेशनको साथ, बाँड्यो सौन्दर्य सामाग्री(फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरिप्रिया (प्रकाश) फाउन्डेशनबाट  उपत्यकको विभिन्न स्थानका नागरिकलाई निः शुल्क सौन्दर्य सामाग्री राहत वितरण गरिएको छ।

१० हजार नागरिकलाई राहत बाढ्ने अभियान अन्तर्गत शुक्रबार राजधानीको बालाजु चोकमा करिव दुईसय भन्दा धेरैलाई सामाजिक अभियन्ता नेपाली कांग्रेसका युवा नेता एबम नेपाली विद्यार्थी संघका पूर्व कार्यवाहक अध्यक्ष तथा क्षितिज भण्डारीले  सौन्दर्य सामाग्री वितरण गरेका हुन्।

सस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा हरेक बर्ष २० लाख बाराबरको सहयोग वितरण गर्दै आएको जानकारी भण्डारीले बताए ।

सौन्दर्य सामाग्रीको कार्यक्रममा हिमालयको फेसवास, लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाजको तेल, सनसिल्क सैम्फु, मास्क, सेनेटाईजर, मोबाइल रिचार्ज कार्ड, एम ९५ मास्क र पन्जा लगायतका सामाग्री रहेको थियो ।

हरिप्रिया  फाउन्डेशनले सहकार्य गरेको त्रिबेणी युवाकल्बका अध्यक्ष बिन्देश खनाल र सचिब ज्ञानबहादुर श्रेष्ठको पहलमा कार्यक्रमलाई नेविसंघको पूर्वनेत्री कविता केसीले संयोजन गरेकी थिईन् ।

पत्रकार ईन्द्र रिजाल, दिपक घिमिरे लगायतको सहभागिता रहेको थियो ।  स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, आगलागी पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसन मार्फत बाडदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।