नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु,मृतकको संख्या १० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएका एक
व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको हो । ती पुरूष केही दिनअघि भारतबाट
आएका थिए।

पाल्पाको पूर्वखोला गाँउपालिका क्वारेन्टाइनमा रहेका १ सिलुवाका ४०
बर्षीय पुरुषलाई क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई
पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा
श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।