काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सरकारले यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न गरेको सुचना फिर्ता लिन अनुरोध गरेको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बुधबारवार एक विज्ञप्ति जारी गरि यही जेठ १५ गते सर्वोच्च अदालतले वन्दावन्दीको समयलाई शुन्य समय मान्ने गरि फैसला समेत गरेको परिप्रेक्षमा नेपाल सरकारको निर्णय वमोजिम आएको सुचना अनुसार उद्योगी व्यवसायी वुझाउन सक्ने अवस्थामा नरहेको बताएका छन ।
श्रेष्ठले मुलुकभर सरकार द्वारा जारी गरेको लकडाउन अनिश्चितकालको लागी लम्विदै गर्दा सिर्जना भएको संकटमय आर्थिक अवस्थाका कारण समग्र निजी क्षेत्रको आर्थिक गतिविधि ठप्प भई गम्भीर अवस्था झेल्दै गरेको उद्योगी व्यवसायीहरुले जेठ २५ गते भित्र कुनै पनि हालतमा राजस्व दखीला गर्न सक्ने सम्भावना नरहेको जानकारी गराउदै कर विवरण र राजस्व दखीला गर्ने म्याद थप गरिदिनका लागी अनुरोध गरेका छन ।
नेपाल सरकार आन्तरिक विभागलाई उक्त सुचना फिर्ता लिन अपिल समेत गरिएको छ ।लकडाउनको अवधिसम्म कुनै पनि करका रकम बुझाउन नसकिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौं ले स्पष्ट पारेकोे छ । विषम परिस्थितिमा सरकारले नीजि क्षेत्रलाई राहत प्याकेज दिनुको साटो यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न सूचना जारी गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तो छ विज्ञप्ति :-


 
		    		 About Us
                        About Us
Comment