काठमाडौं । लोक सेवा आयोगले परीक्षामा सहभागी हुने उम्मेद्वारलाई कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।
आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना निकालेको हो ।
आयोगले सोमबार सहसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक) का लागि परीक्षा/अन्तर्वार्तालाई नयाँ कार्यतालिका जारी गरेसँगै मंगलबार सूचना जारी गरेको हो ।
सूचना अनुसार लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउनु पर्नेछ ।
उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पीसीआर परीक्षण गराई सो को सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगले निकालेको सूचनामा भनिएको छ।
कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख छ।


 
		    		 About Us
                        About Us
Comment