क्वारेन्टिनबाट घर फर्किँदै गर्दा बाटोमै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

गएको शुक्रबार लिइएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अन्य दुइ जनासँगै आइतबार घर जाँदै गरेका कार्की अचानक बाटोमै बेहोस भएका थिए ।

कार्कीलाई राति नै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात सोमबार पुनः स्वाब परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।