मोटरसाइकलको किस्ता अनलाइनबाटै, जेठ ३२ भित्र तिरे होन्डाले ब्याजमा छुट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । होन्डा नेपालको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले मोटरसाइकल तथा स्कुटरको किस्ता अनलाइनबाटै तिर्न सकिने भएको छ ।

होन्डाले सूचना जारी गर्दै कम्पनीले ग्राहकले अनलाइनबाटै आफ्नो किस्ता रकम तिर्न सक्ने जानकारी दिएको छ। साथै जेठ ३२ भित्र तिर्दा ब्याजमा छुट दिने भएको छ। किस्ता रकम जेठभित्र तिर्दा १० प्रतिशत ब्याज छुट दिने बताएको हो।

‘कोभिड १९को अवस्थालाई ध्यानमा राखी शारीरिक दूरी कायम गर्नुपर्ने र किस्ता भुक्तानी गर्ने जाँदा उच्च जोखिम हुने भएकाले ग्राहकहरुको सुरक्षाको लागि किस्ता सेल पे, ईसेवा, आईएमई पे, खल्ती, कनेक्ट आईपीएसमार्फत होण्डा फाइनान्सको किस्ता तिर्न सकिनेछ’, कम्पनीले सूचनामा भनेको छ।

०७६ चैत ११ गतेदेखि लकडाउनको कारण किस्ता तिर्नुपर्ने रकम डिफल्ट भए जेठ ३२ सम्मको पूर्णरुपमा डिफल्ट रकम भुक्तानी भएमा कम्पनीले ग्राहकलाई नियमित किस्ता भुक्तानी गरेमा पाउने ब्याज छुटको सुविधा पाउने होन्डाले जनाएको छ।

लकडाउन सुरु भएदेखि जेठ ३२ सम्मको रकममा जति किस्ताको ब्याज छ, सो ब्याज रकमको १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।