गृह मन्त्रालयले सीडीओ सहित अन्य ४४ जना कर्मचारीहरुको सरुवा गरेको छ।
मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको हो ।
आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।
महोत्तरी, डोटी, बर्दिया, दार्चुला, ओखढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।
काठमाडौंका दुवै सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। कृष्णबहादुर कट्वाल महोत्तरीको प्रमुख जिल्ला अधिकारीका लागि सरुवा भएका छन् भने जीवन आचार्य संखुवासभाको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन्।
यस्तै अध्यागमन विभाग र कारागार प्रशासनका पनि केही कर्मचारीको सरुवा भएको छ।
हेर्नुुुुहोस सरुवाको सूची

 
		    		 About Us
                        About Us
Comment