विवादित एमसीसी बजेटमा किन घुस्यो ? एमसीसी संसदबाट अनुमोदनपछि मात्रै बजेट निकासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट लिइने रकम त्यससम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र निकासा हुने बताएका छन्।

संसदमा त्यसबारे उठेका प्रश्नहरुको सोमबार जवाफ दिँदै खतिवडाले संसदबाट उक्त कार्यक्रम अनुमोदन भएपछि मात्र निकासा हुने जानाकारी दिएका हुन् । उनले एमसीसी अन्तरगतका कार्यक्रम तीन वर्षदेखि नेपालमा चलिरहेको बताए ।

करिब ५५ अर्ब रुपैयाँको उक्त कार्यक्रम अन्तरगत सरकारले तीन वर्षदेखि नै बजेट परिचालन गरिरहेको खतिवडाको भनाई थियो । अमेरिकासँग एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपा अझै अनिर्णित छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक एमसिसी सम्झौता संसदबाट पारित गर्न दबाब दिइरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।