कोरोना भाइरसको संक्रमणका कारण आर्थिक वृद्धिदरको लक्ष्य भेट्न मुस्किल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी आर्थिक २०७७/७८ का लागि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

कोरोना भाइरसको संक्रमणका कारण अर्थव्यवस्थामा संकट आएको बेला अर्थमन्त्रीले भने उच्च आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेका हुन्।

चालु आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका बेला सरकारले भने बजेटमार्फत आर्थिक वृद्धिको महत्वकांक्षी लिएको लक्ष्य हो।

अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशतको सीमामा राखिने पनि बताए।

कोरोनाकै कारण विगत तीन वर्षदेखि ६ प्रतिशतमाथि रहेको आर्थिक वृद्धि खुम्चिने, पूँजीगत खर्च झन् कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।