लागुऔषधसहित सिरहाबाट एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो । 

पक्राउ परेका पासवानको साथबाट लागुऔषध डिलेक्सटीम डिसी १०० एमएलको ४४ बोतल, रिपलिन १०० एमएलको ३६ बोतल, नाइट्रेजेपेम ट्याब्लेट १२० थान, एसपास्मोस प्रोसेभोम ४४ थान र राजनिवास बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । –रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।