राष्ट्र बैंकद्वारा रेमिट्यान्स पठाउन प्रति दिन १५०० डलरको सीमा तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना विद्यमान अवस्था कायम रहेसम्मको लागि विप्रेषण भइ आएका सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नु पर्ने ब्यवस्था गरेको छ।

केन्द्रिय बैंकले आइतबार सूचना जारी गर्दै विप्रेषण भई आएको सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने शर्त तोकेको हो ।

विश्वका विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोल्न आग्रह गरेको छ ।

उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, सोही खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुने गरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउने र उक्त रकम नेपालमा प्राप्त गरिसके पश्चात सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरुप भुक्तानी गर्नसक्ने जनाएको छ।

सूचनामा प्रति दिन प्रति पटक प्रति व्यक्ति रेमिटान्स कारोबारको सीमा १५०० अमेरिकी डलर बराबर मात्र हुने प्रष्ट्याएको छ ।

यसैगरी, विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेका हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी यकिन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने समेत भनिएको छ ।

यस्तै, एएमएल तथा सिएफटी सम्बन्धमा कायम रहेको विद्यमान व्यवस्था पूर्ण रुपले पालना गर्नुपर्ने, सोअनुसार कारोबार गर्दा अस्वभाविक कारोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी नेपाल राष्ट्रबैंकलाई जानकारी दिनुपर्ने शर्तहरु समेत तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।