अब राजाको फोटो भएका नोट नचल्ने,बजारमा नपठाउन राष्ट्र बैंकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा आएका नोटहरुलाई तीन वर्गमा छुट्याउन निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै सफा नोटका सम्बन्धमा ९ बुँदे निर्देशन दिएको हो ।

निर्देशन अनुसार नोटलाई एटिएम लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नु निर्देशनमा उल्लेख गरिएको छ ।

चलनचल्तीमा पठाउन अयोग्य नोट नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ भने यी संस्थामा पहुँच नभएका वित्तीय संस्थाहरूले भने आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ।

त्यसैगरी, भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोटलाई निश्चित प्रकृया अपनाइ भाइरसरहित गर्नुपर्नेछ।

स्लिपमा कार्यालयको शाखाको नाम, छाप, नेट गिन्ती गर्ने कर्मचारीको नाम, कर्मचारी परिचय नम्बर, सहि र मिति अनिवार्य रुपमा भर्नुपर्नेछ। त्यस्तै, नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेको अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रङ्ग लागेको वा पूर्वराजाको तस्वीर भएको नोटलाई पुन निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने र त्यस्ता नोटलाइ चलनचल्तीमा पठाउन पाइने छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।