प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कोरोना संक्रमित फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित अस्पतालको झ्याल फोरेर फरार भएका छन् ।

फरार हुनेमा सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित अस्पतालको झ्याल फोरेर फरार भएका हुन् । 

संक्रमितको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । प्रहरीका अनुसार उनी पटक पटक भाग्ने प्रयास गरेको र आज बिहान अस्पतालको झ्याल फोरेर भागेका हुन् ।

यसअघि पनि वीरगन्जस्थित नारायणी अस्पतालबाट २ कोरोना संक्रमित भागेका थिए। र पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।