९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । प्रहरीले नौ लाख नेपाली रुपियाँसहित एक भारतीय नागरिकलाई सप्तरीबाट पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रहेको सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारतीय नागरिक फुलकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

भारत बिहारको सुपौल जिल्लाको बथनाहा पञ्चायत १७ बस्‍ने २८ वर्षीय मेहतालाई कोसीको पलार हुँदै लुकिछिपी नेपालतर्फ प्रवेश गरेपछि नाइलनको झोलामा दुई किलो चिनीले छोपेर ल्याउँदै गरेको ९ लाख रुपैयाँ नियन्त्रणमा लिएको डीएसपी भारतीयले बताए ।

झोलाबाट नेपाली ५ सय दरका ६ सय १८ वटा र हजार दरका ५ सय ९१ वटा नोट बरामद भएको छ । कोसीको पलार लकडाउनपछि तस्करीका लागि चिनिएको ठाउँ हो । उनी त्यति रकम लिएर पलारको बाटो किन आएको हो भन्‍ने विषयमा अनुसन्धान भइरहेको भारतीले जनाए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।